लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्रीले आघात गरे : नेपाल

 ग्लोबल टिभि           0

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलीले आघात पुराएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बिघटनको विरुद्धमा नागरिक संगठनहरुले सोमबार काठमाडौंमा गरेको नागरिक भेलामा उनले संविधानलाई मिच्दै संसद बिघटन गरेर ओलीले लोकतन्त्रको मूल्यमान्यतामाथि आघात पुराएको आरोप लगाएका हुन्।।

पौष ५ गते प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्म विपरित भएकै कारण संघर्ष गर्नुपरेको उनले बताए ।

त्यस्तै नेपालले पदमा रहदा पदिय दायित्व पुरा नगरेका कारण अध्यक्ष केपी ओलीलाई कारवाही गरिएको जिकिर गरेका छन् । समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट ओली विचलित भएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष नेपालले निर्वाचन आयोग कुनै व्यक्तिको लहडमा नचल्ने भन्दै ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्ने दावी गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *