ग्लोबल टिभि
बिहिबार, कार्तिक ६, २०७७
0
काठमाण्डौं । नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय गुप्तचर संस्था रअ का प्रमुखसंग भेट नभएको प्रष्ट पारेका छन्। केहि सञ्ञारमाध्यमले नेपाल भ्रमणमा रहेका रअ प्रमुखले प्रचण्डलाई भेटेको भन्ने समाचार सार्वजनिक गरे लगत्तै प्रचण्डको सचिवालयले उक्त समाचारको खण्डन गरेको हो । प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले प्रेस नोट जारी गरि ‘अध्यक्ष प्रचण्ड र रअ प्रमुखसंग भेट भएको भन्ने समाचार कपोलकल्पि, भ्रामक’ रहेको भन्दै खण्डन गरेका हुन् ।
भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।
विष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डको निजी सचिवालय
Post Views: 962
Leave a Reply