ग्लोबल टिभि
0
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार स्थित आँपपिलमा आकस्मिक रुपमा अवतरण गर्यो । अवतरण गराइएको हेलिकोप्टरको तस्वीर समेत सार्वजनिक भएको छ । उक्त तस्वीरमा बारीमा हेलिकप्टर अतवरण गराइएको देख्न सकिन्छ भने बाक्लो हुस्सु समेत लागेको देखिन्छ । त्यस्तै हेलिकोप्टर र देउवाको वरपर केही महिला र केही केटाकेटी पनि रहेका छन् भने साथमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठ लगायत रहेका छन् । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण गोरखामा अवरतरण गराइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले ग्लोबल टेलिभिजन एचडीलाई जानकारी दिए । मौसम अनुकुल भएपछि पुन पर्वत तर्फ प्रस्थान गर्ने स्वकीय सचिव देउवाको भनाइ छ ।
Post Views: 2,146
Leave a Reply