प्रतिगमनको विरोधमा नेविसंघको प्रदर्शन

 ग्लोवल टि.भी.      बिहिबार, माघ १, २०७७      0

संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघ शंकरदेव क्याम्पसका बिद्यार्थीहरुले काठमडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।

युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरैचोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । संविधान विपरितको काम प्रधानमन्त्रीले गरेको भन्दै बिरोध गरिएको प्रदर्शनमा सहभागी बिद्यार्थी नेताहरुले बताएका छन् ।

उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *