ओली बदलाको भावनाबाट अघि बढिरहेका छन् : नेपाल

 ग्लोबल टिभि      बिहिबार, माघ १, २०७७      0

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको बताएका छन्।

बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा नेपालले ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको भएको भन्दै त्यही तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको बताएका छन्।

ओली बदलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको उनले बताए। संवैधानिक कू गरेका भएका बेला चुनावको अर्थ नभएको नहुने भन्दै नेपालले वैशाखमा चुनाव पनि नहुने दावी गरेका छन्।

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए ।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र हुँदै नभएको धारा राखेर बिघटन गरिएको आरोप उनको आरोप छ । उनले अदालतले ओलीको कदम सच्चाउने विश्वास व्यक्त गरेका छन् ।

उनले आफु र प्रचण्ड रहेको पार्टी नै आधिकारीक नेकपा भएको दावी समेत गरेका छन् । जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *