स्थानीय निर्वाचनको मिति तत्काल तोकेर तयारीमा लाग्न सरकारलाई सुझाव

 ग्लोबल टिभि           0

माघ १७
राजनीतिक दलका नेताहरूले स्थानीय निर्वाचनको मिति तत्काल तोकेर तयारीमा लाग्न सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचन सार्न प्रयास भए पनि अन्ततः सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनको पक्षमा हुनु राम्रो भएको बताए । उनले जेठ ५ गते पछि जनप्रतिनिधिको अवधि सकिने र कर्मचारीले पनि स्थानीय तह चलाउन नमिल्ने भएकाले त्यस अगावै निर्वाचन गर्नुको विकल्प नरहेको बताए ।

प्रमुख प्रतिपक्षी एमालेका नेता शेरबहादुर तामाङले पनि आगामी बैशाखभित्रै निर्वाचन गर्नुपर्ने बताए । तामाङले संविधानसँग कानून बाझिएको बहानाबाजीमा एक दिन पनि निर्वाचन सार्नु नहुने धारणा राखे । सत्तारुढ माओवादी केन्द्रका नेता रामनारायण बिडारीले निर्वाचनको सम्बन्धमा संविधानसँग बाझिएको ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *