महाधिवेशन गर्न पार्टी नेताहरुलाई नेविसंघको दबाब

 ग्लोबल टिभि           0

माघ १७
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिएका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेर नेविसंघका विद्यार्थीले तत्काल महाधिवेशन गर्न माग गर्दै काँग्रेसका केन्द्रिय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र बुझाएका हुन् । पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको छ ।

पत्र बुझ्दै काँग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायतका भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन नेताहरुलाई अनौपचारिक रुपमा दबाब दिँदै आएको दाबी गरे । उनले अब बस्ने केन्द्रिय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिबद्धता जनाए ।

शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने विद्यार्थीहरुको माग छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *