प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

 ग्लोबल टिभि           0

प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो ।

यो समूहले संसद् विघटनविरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शन गरेको छ ।

नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *