जेठ ५ भित्र स्थानीय निर्वाचन गर्नुपर्ने-निर्वाचन आयोग

जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी

 ग्लोबल टिभि           0

माघ १८
निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ ।

आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ । ‘हामीले त वैशाख ३१ भित्र निर्वाचन गरौं भनेका हौं, तर जेठमा गर्ने भएपछि जेठ ५ भन्दा पछाडि जान सक्ने अवस्था छैन,’ स्रोतले भन्यो, ‘मितिबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ ।’

जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *