एमसीसी यथास्थीतिमा पास हुन नसक्ने दावी-तामाङ

 ग्लोबल टिभि           0

माघ १९
नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले एमसीसी यथास्थीतिमा पास हुन नसक्ने दावी गरेका छन् ।

बुधबार ग्लोबल टेलिभिजनसंगको कुराकानीमा नेता तामाङले एमसीसीलाई संसोधन गरेर पास गर्ने पक्षमा माओवादी केन्द्र रहेको बताए । उनले विना संसोधन एमीसी पारित गर्न खोजिए नेकपा माओवादी सरकार र गठबन्धनबाट बाहिरिने जिकीर गरे ।

पार्टीले एमसीसीको पक्षमा मतदान गर्न हुइप जारी गरे आफुले बिपक्षमा मतदान गर्ने उनको धारणा छ । उनले प्रतिगमन रोक्न संविधान लोकतन्त्र पक्षधर शक्तिहरू एक हुनुपर्ने बताए । माओवादी बाट फुटेर गएका पार्टीहरूसंग पुन एकीकरणको त्यति धेरै सम्भावना नरहेको उनको भनाइ छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *