सिपी गजुरेलभने:एमसीसीका कारण गठबन्धन टुट्ने अवस्थामा पुग्‍यो

 ग्लोबल टिभि           0

काठमाडौं,माघ१९गते । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन्।

नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्‍ने अवस्थामा पुगेको बताएका हुन्। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको आरोप लगाए।

नेता गजुरेलले मुलुकको अर्थतन्त्र समेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढनुको विकल्प नरहेको बताए।

उनले भने, ‘अहिले एमसीसीको सकंट हेर्नुस् त। गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भईराखेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा संकट छ। अर्थतन्त्र कोल्याप्स नै हुने भयो अब। आर्थिक सूचकांक सबै नकारात्मक छन्।’
नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *