स्थानीय तहको चुनाको तयारीमा होमियो एमाले

 ग्लोबल टिभि           0

काठमाडौं

नेकपा एमाले स्थानीय तहको चुनावको तयारीमा होमिएको छ। निर्वाचन आयोगले आगामी जेठ ४ गते चुनावको मिति सरकारलाई प्रस्ताव गरेपछि एमालेले तोकिएकै मितिमा चुनाव गराउन खबरदारी गर्दै तयारी थालेको हो।

बुधबार बसेको सचिवालय बैठकले पार्टी पङ्क्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ। बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय पनि गरेको पार्टी प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार पार्टीको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको छ।

युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय पनि बैठकले गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *