अपडेट : स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु

 ग्लोबल टिभि           0

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ ।
हिजोबाट शुरु भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ ।

संसद् पुनस्र्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानिरहेका छैनन् । त्यस विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ ।

यसबाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल हुँदैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *