मन्त्रि परिषदको बैठक बस्दै

 ग्लोबल टिभि           0

माघ २०
आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।

हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ । गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएपछि आयोग निर्वाचनको तयारीमा जुटेको छ । यस्तै सरकारले पनि आफ्नो छलफललाई तिव्र बनाएको छ ।

बुधबार मात्रै प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड तथा नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष माधव कुमार नेपालसंग छलफल गर्नु भएको थियो । यस्तै बुधबार नै गृहमन्त्री बालकृष्ण खाडले पनि अध्यक्ष नेपालसँग निर्वाचनका बारेमा परामर्श गरेका गर्नुभएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *