रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लियो

 ग्लोबल टिभि      बिहिबार, माघ २०, २०७८      0

माघ २०
गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति दिएकी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ ।

आज केन्द्रीय कार्यालयमा बोलाएर मन्त्री यादवसँग स्पष्टीकरण लिएको आयोगले जनाएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहो¥याउन निर्देशन दिए ।

आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिंदा मानव अधिकारको मूल्य–मान्यतालाई आत्मसात् गर्दै सामाजिक सदभाव, शान्ति सुरक्षा र अमनचैन खलबलिने खालका अभिव्यक्ति भविष्यमा नदिन मन्त्री यादवलाई आग्रह गरेको छ । यस क्रममा मन्त्री यादवले आफ्नो अभिव्यक्ति असन्तुलित र अनियन्त्रित भएको स्वीकार गर्दै भविष्यमा त्यस्तो घटना नदोहो¥याउने प्रतिबद्धता जनाए । तर आफ्नो भनाइ कसैप्रति लक्षित नभएको उनको दाबी थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *