ग्लोबल टिभि
0
नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो बिकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले आफु प्रधानमन्त्री बन्न खोजेको र राष्ट्रियसभामा रोजेको भन्दै गलत प्रचार गरेको बताएका हुन्।
गौतमले राष्ट्रिय सभा र प्रतिनिधिसभाबीच मानमर्यादा र कामकारवाहीमा बिभेद रहेको भन्दै बिभेद अन्त्य गर्नका लागि पनि पहल र योगदान गर्ने जिकिर गरेका छन्।
पुष २३ गते बसेको राष्ट्रियसभाको बैठकले गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको थियो । मनोनयनपछि गौतम पहिलोपटक समितिमा गएका थिए।
Post Views: 1,345
Leave a Reply