ग्लोबल टिभि
शुक्रबार, माघ २, २०७७
0
प्रतितिधिसभा बिघटनविरुद्ध जनता समाजवादी पार्टी,नेपाल (जसपा) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
असंवैधानिक, अलोकतान्त्रीक र प्रतिगमनकारी कदम खारेज गर्नुपर्ने भन्दै जसपाको नेवा राष्ट्रिय समितिले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, समावेशी समानुपातिक लोकतन्त्र जिन्दावाद, पहिचालमा आधारिक संघियता कायम गर लगाएतका प्लेकार्ड बोकेका थिए ।
संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध उनीहरुले नारावाजी समेत गरेका थिए । संसद विघटनपश्चात जसपाले आन्दोलनलाई निरन्तरता दिएको छ ।
Post Views: 1,118
Leave a Reply