कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै

 ग्लोवल टि.भी.      आइतवार, माघ ४, २०७७      0

नेपाली कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै सबै स्थानीय तहमा प्रदर्शन गरेको छ। यसअघि कांग्रेसले सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनले सरकारको कदमविरुद्ध आमनागरिकको भावना अभिव्यक्त भएको दाबी गरेका छन्। ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ’, देउवाले प्रेस विज्ञप्तिमा भनेका छन्।

कांग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्दै छ। सभापति देउवाले शनिबार साँझ विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनलाई थप व्यापक र प्रभावकारी बनाउन आग्रह गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *