प्रचण्ड–नेपाल समूहको माघ ९ गते जनप्रदर्शन

 ग्लोबल टिभि           0

प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुससहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए।

जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गरे।

जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *