समाजवादी प्रेस संगठनको झापाको अध्यक्षमा  राई

 ग्लोबल टिभि           0

माघ २५
समाजवादी प्रेस संगठनको झापा जिल्ला कमिटी मंगलवार निर्माण भएको छ । भेलाले पत्रकार अनिलदेव राईको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष दिलिप थापा र सचिवमा रिता दाहाल चयन भएका छन् ।

कमिटीको सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द लुवागुन चयन भएका छन भने कोषाध्यक्ष कमल बुढाथोकी बनेका छन् ।
त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्ऽ बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चयन भएका छन् ।

विर्तामोडस्थित पार्टी कार्यालय भवनमा आयोजित एक विशेष समारोहवीच समाजवादी प्रेस संगठनको झापा कमिटी भएको हो ।
जिल्ला भेलामा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा, लगायतको उपस्थिति थियो । समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा १ नं. प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्वमा भेला सम्पन्न भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *