कमल थापालाई राप्रपाले भन्यो-पार्टी छोड्ने निर्णयमा पुनर्विचार गर्नुस

 ग्लोबल टिभि           0

माघ २५
राष्ट्रिय प्रजातन्त्र पार्टीले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ । थापाले मंगलबार नै पार्टीबाट अलग हुने घोषणा गरेका थिए । थापाको घोषणापछि बसेको राप्रपा पदाधिकारीको बैठकले उनलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो ।
‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *