नेपाली कांग्रेसको चुनावी प्रचार–प्रसारको जिम्मेवारी सांस्कृतिक संघले लिने

 ग्लोबल टिभि           0

माघ २६
आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ ।

संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरुलाई सक्रीय र सशक्त रुपमा परिचालन गरिने बताए ।

उनले कांग्रेसले हालसम्म गरेका कामहरु तथा भविष्यमा गर्ने कामहरुको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्यको माध्यमबाट जनतासम्म पु¥याउने पनि बताए ।

संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि सभापति थापाले बताए । नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *