मधेसमा स्थानीय चुनाव असोजमा गर्न लोसपाको माग

 ग्लोबल टिभि           0

माघ २६
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्न माग गरेको छ ।

सरकारले सोमबार स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ । अघिल्लो चुनाव ३ चरणमा गरिएको भएता पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगको भनाइ छ ।

वैशाखमा चुनाव गर्दा २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने लोसपाले बताएको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले संविधानले दिएको अधिकार कटौति गर्ने अधिकार कसैलाई नभएको बताए ।

मधेश प्रदेशमा आगामी असोजमा निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । ‘हामी आवधिक निर्वाचनको पक्षमा छौं, स्थानीय निर्वाचन घोषणाको पनि स्वागत गरेका छौं,’ उनले भने, ‘तर कसैको अधिकार कुण्ठित गर्ने मनसाय राख्नुहुन्न । मधेश प्रदेशको निर्वाचन असोजमा गर्ने वातावरण बनाउनुपर्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *