ग्लोबल टिभि
बिहिबार, कार्तिक ६, २०७७
0
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं मुख्य विपक्षी दलका नेता शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक रहेको प्रस्ट पार्दै सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्ने जनाएका छन् ।
देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको भन्दै यस्तो स्थिति आउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजग गराएका हुन् ।
Post Views: 1,418
Leave a Reply