सत्तामा पुग्नका लागि ओलीले पार्टी एकतालाई सिढीको रुपमा मात्रै प्रयोग गरे-नेपाल (भिडियो सहित)

 ग्लोवल टि.भी.      सोमवार, माघ ५, २०७७      0

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुलाई सत्तामा पुग्नका लागि ओलीले पार्टी एकतालाई सिढीको रुपमा मात्रै प्रयोग गरेको बताएका छन्।
आइतबार नेपालगञ्जमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

केपी ओली अहिलेसम्म कम्युनिष्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दावी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको बताए।

उनले विगतमा आफु र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजिनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजिनामा दिनु नै उत्तम हुने दावी समेत गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *