ग्लोबल टिभि
शुक्रबार, माघ २८, २०७८
0
माघ २८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा बहुमत ल्याउने दाबी गरे ।
पार्टीले काठमाडौँमा आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बहुमत ल्याउने दाबी गरे ।
माओवादी केन्द्रलाई लक्ष्य गरी उनले बत्ती निभाएर जित्ने र मतपत्र च्यात्ने सपना नदेख्न आग्रह गरे । नेकपा एमाले, बौद्धिक क्षेत्र र सञ्चार माध्यमको दबाबले मात्र सरकार चुनाव घोषणा गर्न बाध्य भएको भन्दै ओलीले सत्तारुढ गठबन्धन एमालेको वर्चश्व भएकै कारण स्थानीय चुनावबाट डराएको तर्क गरे ।
Post Views: 622
Leave a Reply