आक्रामक आन्दोलनमा जुट्न कार्यकर्तालाई निर्देशन-प्रचण्ड (भिडियो सहित)

 ग्लोबल टिभि           0

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक आन्दोलनको तयारीका लागि कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेकपा प्रचण्ड–नेपाल निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने भन्दै आक्रामक आन्दोलनको तयारीका लागि कार्यकर्तालाई निर्देशन दिएका हुन्।

प्रचण्डले जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए।

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा, सिंगो देश स्तब्ध भए पनि प्रधानमन्त्री ओली हाँस्दै हिँडेको टिप्पणी समेत गरेका छन्।

उहाले आफूहरु माक्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताएका छन्।

त्यस्तै उनले निर्वाचन आयोगलाई शंका गर्न नचाहेको भन्दै ओली पक्षले सेटिङ गर्दै हिडेको भनेपछि आशंका उव्जेको बताए। प्रचण्डले सिंगो राष्ट्र केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध रहेको दाबी गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *