माघ २९
नेकपा (एकिकृत समाजवादी) निकट जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन भएको छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन भएको हो ।
महासंघको उपाध्यक्षमा मुकेश गुरुङ, सचिवमा नविन गुरुङ, कोषाध्यक्षमा पुनम थापा रहेका छन । यसैगरि सदश्यहरुमा केशव घिमिरे , रवि क्षेत्री ,, प्रविण रसाइली ,, भोसु यादव , उमेश पटेल ,, महेन्द्र गुरुङ , आशिष थापा , निराजन थापा , सन्तोष गुरुङ , समिता वि.क.,, सविना सुनार , र भुवन खड्का रहेका छन ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजुु गुरुङले सामाजिक रुपान्तरणको अभियानमा सामेल हुन अपिल गरे । उनले नेपालको कम्यूूनिष्ट आन्दोलनमा देखा विचलन र कम्यूूनिष्ट विचारको रक्षाका लागि एकिकृत समाजवादीमा आबद्ध हुनेहरु दैनिक रुपमा बृद्धि भइरहेको बताए ।
उनले समाज रुपान्तरणका लागि साँस्कृतिक क्षेत्रको उल्लेख्य योगदान रहने बताए । जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देहीका इन्चार्ज शेरजंग गुरुङको अध्यक्षतामा बसेको भेलामा नेकपा एकिकृत समाजवादी रुपन्देहीका सचिव अविरा वि.क, बुटवल नगरअध्यक्ष चिनबहादुर गुरुङ, अखिल नेपाल महिला संघ रुपन्देहीका उपाध्यक्ष आशा चौधरी, नेताहरु राजेन्द्र पाण्डे, नन्दीकिशोर खेरल, माधव पन्थ, वामदेव भण्डारी लगायतले बोल्दै नवनिर्वाचित कमिटिलाई शूूभकामना दिएका थिए ।
Leave a Reply