मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन ३, २०७८      0

फागुन ३
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।

उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक भएको हो । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका छन् ।

यसैबीच मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले खेद प्रकट गरेको छ ।

आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट गरेका हुन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै रेग्मीले दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

मन्त्री आलेले जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले षडयन्त्र गरेको प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।
आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएको सुनिन्छ । यो अडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार एमाले सांसदहरुले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आलेविरुद्ध ओलीले फेसबुकमा ‘जथाभावी’ लेखेका थिए । त्यसपछि उनैले आलेलाई म्यासेन्जरमा फोन पनि गरेका थिए । त्यही क्रममा भएको सम्वाद अहिले सार्वजनिक गरिएको आलेका प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *