संविधान कोमामा छ,आन्दोलनको बलमा बचाउनुपर्छ प्रचण्ड (भिडियो सहित)

 ग्लोबल टिभि      मङ्लबार, माघ ६, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले अहिलेसम्म प्राप्त उपलब्धी हत्या गर्ने काम गरेको बताएका छन्।

सोमबार काठमाडौंमा अखिल महिला नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकदलाई सम्बोधन गदै प्रचण्डले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको समेत बताए ।

उनले जनताले लामो संघर्षबाट प्राप्त गरेको उपलव्धीहरुलाई जोगाउन आफुहरु संघर्षमा उत्रनुपरेको धारणा राखेका छन् । प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने बताए । अहिलेको विवाद पदको नभएर विचारको भएको भन्दै सहमतिमा नै ओलीले आक्रमण गरेको आरोप समेत लगाका छन्।

उनले नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरी एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गरेका छन्। उनले संसद बिघटनको बिषयमा अदालतमा बहस भइरहेको भन्दै अदालतमाथि थप टिप्पणी नगर्ने स्पष्ट पारे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *