ओलीको असंवैधानिक कदमबिरुद्ध निर्णायक आन्दोलन गर्नु पर्छ -नेपाल (भिडियो सहित)

 ग्लोबल टिभि      मङ्लबार, माघ ६, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीको असंवैधानिक कदमबिरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने धारणा राखेका छन्।

सोमबार काठमाडौंमा अखिल महिला नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकदलाई सम्बोधन गर्दै ओलीमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने गुण नरहेको भन्दै बामदेव गौतमले नै प्रधानमन्त्रीको राजीनामा मागेको दावी गरेका छन्। नेता नेपालले प्रधानमन्त्री ओलीको नियत वैशाखमा चुनाव गर्ने नरहेको जिकिर गरेका छन्।

कार्यक्रममा प्रचण्ड माधव पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीका विरुद्ध उत्रिने बेला आएको बताएका छन्। विदेशीको डिजाइनमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने र राष्ट्रपतिले त्यसलाई एक मिनेट पनि सोची ‘ओके’ गर्नु भनेको मुलुकलाई संकटको भुमरीमा पार्नु भएको उनको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *