संसद विघटनविरुद्व महिला संघको प्रदर्शन (भिडियो सहित)

 ग्लोबल टिभि      मङ्लबार, माघ ६, २०७७      0

संसद बिघटनको बिरोधमा बिभिन्न दलका महिला संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

मंगलबार संयुक्त महिला संघ, संघर्ष समितिले काठमाडौंको रत्नापार्कमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले गैरसंवैधानिक तवरले संगठन विघटन गरेको भन्दै त्यसकाबिरु निरन्तर विरोधका कार्यक्रम गरिने उनीहरुले जनाएका छन् ।

उनीहरुले निरंकुश चाहिदैन, संसद बिघटन गर्न पाईदैन, संसद बिघटनको निर्णय खारेज गर लगाएतका नारा लगाएका थिए ।

अखिल नेपाल महिला संघ(अनेम)की संयोजक अमृता थापाले प्रधानमन्त्रीलाई संविधानले नै नदिएको अधिकार प्रयोग गरेर संसद बिघटन गर्नु संविधानमाथिको कु भएको भन्दै यसका बिरुद्ध एकजुट भएर विरोध गरिएको बताएका हुन्।

उनले संसद बिघटन गर्ने कमद असंवैधानिक, अलोकतान्त्री, अधिनायकवादी र निरंकुश भएको आरोप लगाए।

अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले संसद बिघटनबिरुद्ध संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *