नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वभौमिक जनाताको विरुद्ध तरबार उठाएर केपी ओलीले बाजी हारेको तर्क गरेका छन्।
मंगलबार प्रेस संगठन नेपालको भेलामा प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर संसद बिघटन गर्नु जनादेशका बिपरित भएको भन्दै सार्वभौमिक जनाताको विरुद्ध तरबार उठाएर ओलीले बाजी हारेको तर्क गरेका छन्।
अध्यक्ष प्रचण्डले माधव नेपालका पक्षमा रहेका कार्यकर्तालाई हेपेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्लन्डर’ गरेको बताए । ओली इतिहासका कलंक भएको भन्दै प्रचण्डले आफ्नै कर्मका कारण ओली ‘कू’ पात्र बनेको जिकिर गर्नुभयो । संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताए ।
प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको पनि बताउनुभयो । उहाले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको जिकिर गर्नुभयो । उहाले विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेको उल्लेख गरे।
Leave a Reply