प्रदेश १ को हिउँदे अधिवेशन शुरु हुँदै ,उच्च सुरक्षा सतर्कता

 ग्लोबल टिभि      बुधबार, माघ ७, २०७७      0

प्रदेश नं १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै छ ।

मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले माघ ७ गते दिउँसो २ बजेदेखि प्रदेश अधिवशेन आह्वान गरेका थिए । सत्तारुढ दल नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव समुहमा विभाजित भएपछिको असहज परिस्थितमा यो बैठक बस्न लागेको हो ।

नेकपाको प्रचण्ड(माधव समुहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरिसकेको छ ।

प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले वैठकको तयारी भौतिकरुपमा सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार वैठकको कार्यसुची तयार गर्न आज ११ बजेदेखि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।

प्रचण्ड(माधव समुहले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छन् । यो समुहले पनि मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको घोषणा गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *