प्रतिनिधीसभा विघटनविरुद्ध मोटरसाइकल र्‍याली

 ग्लोबल टिभि           0

नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधी सभा विघटनविरुद्ध भृकुटीमण्डपबाट मोटरसाइकल र्‍याली निकालेको छ ।

मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ ।

त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् ।

जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गरिरहेको यो समूहले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको छ । विभिन्न जिल्लाबाट राजधानी उपत्यकामा जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी भएको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *