ओलीको शुभकामनामा नयाँ नक्सा गायव, कांग्रेसको आपत्ति

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ७, २०७७      0

काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहानै ट्वीटरमार्फत बडा दशैंको शुभकामना दिए। नमस्ते गर्दै गरेका ओलीले ट्वीटरमा पोस्ट गरेको तस्विरमा नेपालको निशान छापसमेत प्रयोग गरिएको छ।

ओलीले तस्विरसहित शुभकामना सन्देश सार्वजनिक भएपछि अहिले सामाजिक संजालमा ओलीको आलोचना भइरहेको छ।

ओली सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्‍पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिसकेको छ। यस्तै, संसदबाट संविधान संशोधन गरेर नयाँ नक्सालाई निशान छापमा समेत राखिसकेको छ। तर ओलीले दशैंको बधाई दिँदा पुरानै निशान छाप प्रयोग गरेपछि उनको आलोचना भएको हो।

कांग्रेस प्रवक्ता विश्प्रकाश शर्मा लगायतले पुरानै निशान छाप प्रयोग भएकोमा आपत्ति जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *