सडकमै राष्ट्रिय सभा बैठक (भिडियो सहित)

 ग्लोबल टिभि      बुधबार, माघ ७, २०७७      0

प्रतिनिधिसभा विघटनको विरोधमा युवाहरुले काठमाडौंमा ‘नमुना संसद्’ आयोजना गरेका छन् ।

नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो । संविधानको मूल मर्म नै सुधारिएको संसदीय व्यवस्था रहेको जनाउँदै संविधान बचाउनु सबैको कर्तव्य रहेकोमा जोड दिएका छन् । बैठकमा सहभागी युवाहरुले संविधान बचाउनु हामी सबैको कर्तव्य भएको धारणा राखेका थिए ।
युवाहरुले नेपालको राजनीतिलाई ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नुपर्ने उनीहरुको भनाई छ । सांकेतिक बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको नेपाल टिन लिडर्सका युवा बिशाल केसीले बताए । उनले स्वतस्र्फूत रुपमा सांकेतिक बैठकको आयोजना गरेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा पुष ५ गते आइतबारबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *