ग्लोबल टिभि
0
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुराउने कोसिस भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुराउने कोसिस भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताएका हुन्।
उनले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने धारणा राखेका छन् । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन आह्वान पनि गरेका छन्।
Post Views: 985
Leave a Reply