ग्लोबल टिभि
0
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध वडा स्तरमा हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।
काँग्रेसले भोली देशभरका ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी ओलीले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य गरेको भन्दै प्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् ।
कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरेको थियो ।
वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु।’ देउवाले विज्ञप्तिमा भनेका छन् ।
Post Views: 1,306
Leave a Reply