संसद विघटनविरूद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै

 ग्लोबल टिभि      बिहिबार, माघ ८, २०७७      0

प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज देशभरका गाउँरनगरका वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको छ । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज ६ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो।

प्रदर्शनका लागि केन्द्रीय नेताहरू जिल्ला-जिल्ला पुगेका छन्।

सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै सरकारको उक्त कदमविरूद्ध वडाहरूबाट सक्रियताका साथ विरोध प्रदर्शन गर्न भनेका छन्।
कांग्रेसले यसअघि प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। विरोध प्रदर्शनका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पनि माघ १३ गतेसम्मका लागि स्थगित गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *