ग्लोबल टिभि
0
नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले संसद विघटनविरुद्ध बेलुन उडाएर केन्द्रीय मुख्यालय पेरिसडाडाँमा प्रदर्शन गरेको छ ।
काम चलाउ प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामी भएको सन्देशसहित बेलुन उडाइएको नेता राजुविक्रम राईले बताए । संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । बुधबार मोटरसाइकल ¥याली निकालिइएको थियो ।
दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि राजधानी बाहेक नजिकका जिल्लाहरुबाट समेत जनशक्ति ल्याइएको छ । शुक्रबार यो समूहले राजधानीका विभिन्न नौ ठाउँबाट जुलुस निकाल्दैछ ।
Post Views: 1,490
Leave a Reply