कमल थापाले भने-पार्टीलाई सशक्त बनाउछु

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन १९, २०७८      0

काठमाडौं-फागुन १९गते। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले विगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका हुन्।

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरु भएकोले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए।

सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै थापाले परिवर्तन पश्चात् मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जबरजस्ती अगाडि बढाइएकोले संकटको दलदलमा भासिएको बताए। मुलुकको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रपा नेपाल विद्यार्थी संगठन नेपालका विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा भएको विकृती विसंगतीको अन्त्यको निमित्त सक्रियता पूर्वक भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कडेल, विद्यार्थी नेताहरु कमल बम , शशी भण्डारी ,दिपेश शाह, राजु गैरे, त्रिबिक्रम सिंहलगायतले बोलेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *