नेकपा परित्याग गर्दै कांग्रेसमा प्रवेश

 ग्लोवल टि.भी.      बिहिबार, माघ ८, २०७७      0

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुरचुरेमा स्थानीय युवा नेता गोविन्द थपलिया लगायत दुई दर्जनबढी नेकपाका नेताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका युवा नेता निरज तामाङले नवप्रवेशीहरुलाई आफ्नो पार्टीमा स्वागत गर्दै देश र जनताका हितमा काम गर्न सक्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको दाबी गरेका छन् ।

संसद् विघटन विरुद्धमा आज देशभर भैरहेको वडा स्तरीय कार्यक्रम अन्तर्गत चुरचुरेमा भएको विरोध कार्यक्रममा बोल्दै युवानेता तामाङले अहिलेको सरकार तानाशाही बन्दै गएका कारण देशको राजनीतिक अवस्था जटिल हुनपुगेको र अबका दिनमा नेकपाको अस्तित्व समाप्त हुनेमा दुबिधा नरहेको ठोकुवा गरेका छन् । सरकार कमाउ धन्दामा सक्रिय हुँदा देश जर्जर अवस्थामा पुगेको उनको भनाइ छ ‌ ।

नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुले नेकपा पार्टीका नेताहरुको जुङ्गाको लडाईका कारण पार्टीको अस्तित्व नै समाप्त भएका कारण आफुहरु काङ्ग्रेस प्रवेश गरेको बताएका छन् । जनताका पक्षमा उभिने पार्टी काङ्ग्रेस मात्र रहेको उनीहरुको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *