संसद विघटन पुनःस्थापना नभएसम्म संघर्ष गरीरहन्छौँ : नारायणकाजी

 ग्लोवल टि.भी.      बिहिबार, माघ ८, २०७७      0

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा बिघटनको कदम खारेज नभएसम्म संघर्षका कार्यक्रमलाई शसक्त बनाएर अघि बढ्ने जनाएको छ ।

नेकपा आन्दोलनको केन्द्रीय संघर्षले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असंवैधानिक कदम खारेज र प्रतिनिधिसभा सूचारु नभएसम्म शसक्त आन्दोलन जारी राख्ने जनाएको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक नारायणकाजी श्रेष्ठले संघर्षका कार्यक्रमहरुलाई निष्तेज नपार्दास्म्म आनदोलन जारी राख्ने बताए ।

संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेका बेला यसलाई खतरामा पार्ने काम भएकाले आन्दोलनको उपलव्धीलाई रक्षा गर्न पनि संघर्षको बिकल्प नभएको उनले बताए । उनले शुक्रबार काठमाडौंका बिभिन्न्न स्थानबाट र्याली सहितको प्रदर्शन हुने जानकारी दिएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *