प्रचण्डलाई ओलीको प्रश्न -युद्ध लड्नेहरुका सन्तान छन् कि छैनन ?

 ग्लोवल टि.भी.      बिहिबार, माघ ८, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई ‘युद्ध लड्नेहरुका सन्तानहरु छन् कि छैनन् भनेर प्रश्न गरेका छन् ।

नेकपा ओली समूहनिकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई नातागोता र आफन्तका लागि काम गरिरहेको आरोप लगाएका थिए । जवाफमा प्रचण्डले आफू ओलीजस्तो निःसन्तान नभएर गल्ती भएको हो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा ओलीले प्रचण्डलाई युद्ध लड्ने लडाकुहरुका सन्तानको हालखबर के छ ? सोच्नुभएको छ भनेर प्रश्न गरेका हुन् । ‘मेरो सन्तान छैनन् । यसमा मलाई हर्ष पनि छैन, विस्मात छैन,’ उनले भने, ‘प्रचण्डले छोरीलाई मेयर बनाउनै प¥यो, नजिते मतपत्र च्यात्नुप¥यो । ज्वाईंलाई घडेरी किन्नैप¥यो । गाडी किन्नै प¥यो ।’

उनले प्रचण्डले आफ्ना सन्तानलाई युद्धको बेला विदेशमा पढाएको आरोप पनि लगाए । यद्यपि प्रचण्डका छोरा युद्धको बेला आफ्नो पितासँगै थिए ।

ओलीको प्रश्न थियो, ‘जनताका छोराछोरीको चाहिँ टाउको होइन ? शरीर होइन ।’ ओलीले आफ्ना लागि देशका सबै सन्तान आफ्नै सन्तान बराबर भएको बताए ।
उनले प्रचण्डको कालो मन, कालो झण्डा, कालो सपना र कालो मनसाय रहेको भन्दै आफूहरु कालो नभएर रातो झण्डा फहराउने टिप्पणी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *