कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु

 ग्लोबल टिभि      शुक्रबार, माघ ९, २०७७      0

भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।

मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो ।
विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली झिकाएको छ र प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।

स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन् । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।

विष्फोट भएको शिवमोगा जिल्ला मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *