ग्लोवल टि.भी.
शुक्रबार, माघ ९, २०७७
0

बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ। माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्।
प्रदेश सभा सचिव कृष्णहरि खड्काले सेतोपाटीलाई दिएको जानकारीअनुसार आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको छ।
बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ। यसको असर प्रदेश सभामा पनि देखिएको छ।

Leave a Reply