संसद विघटन नशामा लठ्ठ भएर गरेको निर्णय होइन -गगन थापा

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद विघटन बारे सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुन न्यायधिसहरुलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले विहिबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले संसद विघटन नशामा लठ्ठ भएर गरेको निर्णय नभई विगत दुुई–ढाई वर्षको योजनाअनुसार गरेको आरोप लगाए ।

नेपाली कांग्रेसले न्यायालयलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगरेको दाबी गर्दै थापाले न्यायधिसहरुलाई बाहिरी हल्लाको प्रभावमा वा कोठा भित्रको खासखुसमा प्रभावित नहुनु आग्रह गरेका हुन् । थापाले सर्वोच्च अदालतले संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभई चरम अराजनैतिक र अनाधिकृत भएको जिकिर गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *