देश अध्यारो सुरुङ्ग तिर फस्दै छ : चित्र बहादुर केसी

 ग्लोबल टिभि      शुक्रबार, माघ ९, २०७७      0

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले देश अध्यारो सुरुङ्ग तिर फस्न लागेका कारण देशलाइ बचाउन अब सबै पार्टीहरु सयुक्त रुपमा आन्दोलनमा जानुपर्ने बताएका छन्।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीेले नीति स्वार्थको लागी नेपालमा राजनीतिक पार्टी भित्रबाट पटक पटक नेपाली जनताहरुले धोका पाइरहेको स्मरण गर्दै अब त्यसबाट उम्कन सबै पार्टीहरु संयुक्त मोर्चा नबनी सम्भव नभएको भन्दै सबै एकजुट भएर संघर्षमा आउनुपर्ने बताएका हुन् । केसीले केही व्यक्तिहरु,केही दलहरु राष्ट्र र जनताको स्वार्थभन्दा सत्ताधारीहरुको दलाली गरेर आफ्नो फाइदा उठाउन लागी परेको बताए।

कार्यक्रममा केसीले ३० वर्षे पंचायत देखी राजा फाल्न समेत सबै पार्टीहरु एक ढिक्का भएर नलागेसम्म सम्भव नभएको भन्दै अब संसद पुनःस्थापनाको लागी सबै एक ठाउमा आएर आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *