ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल पक्षले मुलुकलाई अन्धकार र अनिश्चततर्फ ढकेल्न खोजेको आरोप लगाएका छन्।
बिहीबार प्रेस संगठन नेपालको भेलामा बोल्दै उहाले प्रचण्ड नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले आफुलाई सरकार र पार्टीमा काम गर्न अवरोध गरेर तीव्र विकासको क्रमलाई रोक्ने प्रयास भएको धारणा राखे ।
ओलीले आफूले भारतीय टीभी च्यानललाई दिएको अन्तर्वार्ता र जी न्यूले सगरमाथाको नाम फेर्न चलाएको अभियानको बचाउ गर्दै अरुले ‘राष्ट्रवादको तमासा’ देखाएको तर्क गरे । प्रचण्डले युद्धका सहयोद्धाका छोराछोरीका लागि नभएर आफ्नो परिवारका लागि काम गरेको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्।
सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताए ।
Post Views: 966
Leave a Reply